+
Search

ताजा अपडेट +

पपुलर +

आयाेजक जनप्रेमी युथ क्लवलाई हराउदै ‘जराङ कप’काे उपाधि खोप्लाङ युथ क्लवकाे पोल्टामा

4KNationalDaily
२०७५ माघ ५, शनिबार २१:२८ बजे

गाेरखा- जराङ कपको उपाधि खोप्लाङ युथ क्लवको पोल्टामा परेको छ । गत माघ १ गतेबाट बारपाक सुलिकोट गाउँपालिका-८, जराङमा भएको खुल्ला नक आउट फुटवल प्रतियोगिताको उपाधि आयोजक जनप्रेमी युवा क्लवलाई हराउदै खोप्लाङ युथ क्लवले हात पारेको हो ।

खोप्लाङले आयोजक जनप्रेमी युथ क्लवलाई २–० गोल गर्यो भने, जनप्रियले कुनैपनि गोल गर्न सकेन । दोस्रो हापको १५ मिनेटमा खोप्लाङ क्लबले पहिलो गोल गर्यो भने, खेलको २४औं मिनेटमा फेरी खोप्लाङले गोल गर्दै उपाधि हात पर्न सफल भएको हो ।

माघेसंक्रान्तीका अबसरमा स्थानिय स्तरका खेलाडी तथा खेल क्षेत्रको विकासमा सघाउ पु¥याउने उदेश्यले प्रतियोगिता गरिएकाे आयाेजक क्लवका रमेश बरामले जानकारी दिए ।

याे, सँगै खाेप्लाङ युव क्लवले ६० हजार, मेडल र प्रमाण पत्र हात पारेकाे छ । आयाेक जनप्रेमी युथ युथ क्लवले भने, ३० हजार, मेडल र प्रमाणपत्र हात पारेकाे छ ।

२८ टिमकाे सहभागिता रहेकाे खेलकाे बारपाक-सुलिकाेट गाउँपालिकका अध्यक्ष बिष्णु भट्टले उद्घाटन गरेका थिए ।

आज (शनिबार) भएकाे समापन समाराेहमा समापन गर्दै नयाँ शक्ति पार्टीका संयाेजक तथा सांसद डा बाबुराम भट्टराईले विजय खेलाडीलाई मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily