+
Search

ताजा अपडेट +

पपुलर +

मिस गोरखा सिजन-२ प्रतियोगिताकाे ताज जित्न १४ सुन्दरीहरु प्रतिस्पर्धामा

4KNationalDaily
२०७५ माघ ५, शनिबार ०२:३० बजे

गोरखा- मिस गोरखा सिजन-२’ प्रतियोगिताको ताज कस्ले जित्ला भन्ने अहिले चर्चाको बिषय बनेको छ । सौन्दर्य कला ब्याबसायी संघ गोरखा शाखाद्वारा आयोजित उक्त प्रतियोगितामा गोरखा घर भइ देशैभरी छरिएर रहेका कयौ गोरखाली युवतीहरुको उपस्थिति रहेको थियो ।

जहाँ युवतीहरु बिच पहिलो र दोश्रो चरणको छनौट भएको छन् । सोहि अडिशन पार गर्दै छनौट भएर आएका १४ यूवतीहरुबाट मिस गोरखा, सिजन-२, घोषणा गरिने छ । पहिलो र दोस्रो अडिसनबाट छनोट भएका यूवतीहरु मध्येबाट फाइनल राउण्डमा १४ जना पुगेका छन् ।

आगामी माघ महिनमा सदरमुकाम गोरखामा अन्तिम प्रतिश्प्रर्धा हुने र बिजेता तथा सहभागी सम्पूर्णलाई आकर्षक पुरस्कार र बिभिन्न अबसरहरु प्रदान गराउने आयोजक संस्थाले जनाएकाे छ ।

उनीहरु मध्ये एक जनालाई मिस गोरखा घोषणा गरिने छ । अहिले उनीहरुलाई विभिन्न विधामा प्रशिक्षण गराइरहेको सौंन्दर्य कला ब्यवसायी संघ गोरखाकि प्रतिनिधि रोस्ता श्रेष्ठले जानकारी दिइन् । प्रशिक्षणमा उनीहरुको फोटो सुट, भिडियो प्रोफाइल, संस्कार संस्कृती तथा शैक्षिक अबलोकन भ्रमण, सेल्फ ट्यालेन्ट राउण्ड गराएर सिकाउने काम भइरहेको संघकी अध्यक्ष शुकु श्रेष्ठले जानकारी दिइन् ।

मिस गोरखामा अन्तिम प्रतिस्पर्धामा रहेका सबै प्रतिस्पर्धि साथिहरु प्रफेक्ट छन त्यसैले कोसले बाजि मार्ला भनेर अड्कल बाजि गर्न सक्ने अबस्था छैन । कसले मिस गोरखाको ताज आफ्नो पक्षमा हत्याउला भनेर अहिले सर्वत्र चर्चा बनेकाे छ ।

मिस गोरखा हुने यूवतीले नगद ५० हजार रुपैँया र साथमा अन्य उपहार पाउने छन् । त्यस्तै फस्ट रनरअपले क्राउन सहित ३० हजार रुपैँयाको साथमा अन्य पुरस्कार, सेकेण्ड रनरअपले क्राउन सहित २० हजार रुपैँया र अन्य पुरस्कार र थर्ड रनरअपले क्राउन सहित १० हजार रुपैँया र अन्य पुरस्कारहरु पाउनेछन् ।

हेर्नाेस १४ प्रतिस्पधीकाे तस्बिर

अनुस्का सुनुवार
मनिषा भन्ताना
नेहा श्रेष्ठ
प्रति थापा
सिता सुनार
किरन घले
निकिता घले
प्रवित्रा बयलकाेटी
प्रति घले
संगिता श्रत्री
शान्ता श्रेष्ठ
शान्ता तामाङ
युव थापामगर

तस्वीर सौजन्य- सौरभ थापा/मिस गाेरखा

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily