+
Search

ताजा अपडेट +

पपुलर +

सवारी दुर्घटना न्युनीकरणका लागि गाेरखामा सडकमै सवारी चालकहरुको स्वास्थ प्रशिक्षण

4KNationalDaily
२०७५ माघ ५, शनिबार ००:१७ बजे

गाेरखा-जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सवारी दुर्घटना न्युनीकरणका लागि सडकमै सवारी चालकहरुको स्वास्थ प्रशिक्षण शुरु गरेकोे छ । लामो दुरीमा सवारी चलाउदा रक्तचाप बढि भएका र आँखाको दृष्टि कम भएका चालकबाट दुर्घटनाको सम्भावना हुने भएकाले ट्राफिक प्रहरीले सवारी चेकजाँच सहित स्वास्थ परिक्षण पनि शुरु गरेको हो ।

ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग अन्र्गतको गोरखा आँबुखैरेनी सडक खण्डमा पर्ने ११ किलोमा सवारी चालकहरुलाई रोकेर परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले जानकारी दिए । बिहिबार दिनभरमा १ सय १२ जना सवारी चालकहरुको स्वास्थ परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

स्वास्थ परिक्षण गरिएका मध्ये २३ जनामा उच्च रक्तचाप र ७ जना सवारी चालकहरुमा आँखाको भिजन कम भएको पाईएको थियाे । ‘स्वास्थ परिक्षणका क्रममा २३ जनामा उच्च रक्तचाप भएको पाइएकाले बिशेषज्ञ चिकित्सकहरु संग थप स्वास्थ परिक्षण गराउन तथा व्यायम गर्न सुझाव दिएका छौ ’, उनले भने ।

लामो दुरीमा सवारी चलाउदा उच्च रक्तचाप हुने चालकहरुलाई रिङटा लाग्ने, टाउको दुख्ने जस्ता समस्या हुने भएकाले चालक अस्वस्थ हुदा दुर्घटनाको जोखिम बढि हुनेहुदा स्वास्थ परिक्षण गरिएको पौडेलको भनाई छ । त्यस्तै सवारी चालकहरुमा गरिएको आँखाको परिक्षणका क्रममा ७ जनामा कम भिजन भएको पाइएको उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरीले गोरखा नगरपालिका वडा नम्बर १२ को समन्यव र लायन्स आँखा अस्पताल गोरखको सहयोगमा कार्यक्रम सन्चालन गरेको हो । सो क्रममा लायन्स आँखा अस्पताल गोरखाका नेत्रसाहायक बिनय बस्नेत र तारानगर स्वास्थचौकीका स्वास्थ साहायक रामकाजी दुवाडीले स्वास्थ सवारी चालकहरुको स्वास्थ परिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily