गाेरखा – पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा एतिहासिक नगरी पालुङटारको लिगलिग कोटमा ४० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन भएकाे छ । पालुङटार नगरपालिकाकाे सहयाेगमा नगरपालिकाका मेयर इ। दिपकबावु कंडेले अाज एक कार्यक्रमका विच झण्डोत्तोलन गरेका हुन् ।
लिगलिगकोटको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यले करिब १० लाखको बजेटमा झण्डा राखिएकाे हाे । नगरपालिकाले यो आर्थिक वर्ष लिगलिगकोटको विकासको लागि ५० लाख बजेट विनियोजन गरेको छ । सो रकम लिगलिगकोटको पर्यटन प्रवर्धन तथा होम स्टे विकासका लागि खर्च गरिने हाे ।

नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरि नयाँ संदेश दिन लागिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले बताए । लिगलिग काेटलाइ पर्यटकीय रूपमा विकास गर्ने लक्ष्यका साथ लिगलिगकाेटमा झण्डोत्तोलन गरिएकाे नगरपालिकाले जनाएकाे छ ।
साेही अवसरमा ‘लिगलिग – पालुङटार प्रवर्द्धन यात्रा २०७५ ‘ मा पालुङटारका केही युवाहरू टिस्टा नदि सम्म काे यात्रा गरेका र साेही क्रममा टिस्टा पुर्याइएका झण्डाहरू पनि नगरपालिकालाई हस्तान्तरण गरिएकाे छ ।
सम्बन्धित समाचार- लिगलिगकाेटमा पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशका दिन ४० फिट अग्लो राष्ट्रीय झण्डा राखिदै
प्रतिक्रिया