गाेरखा- निजि तथा आवासीय बिद्यालयहरुको साझा संस्था प्याब्सन गोरखाको आयोजनामा आधारभुत तह स्तरीय दोस्रो प्याब्सन कप २०७५ फुटबल प्रतियोगिता यहि माघ ३ गतेबाट पालुङटार -५ माझाटार खेलमैदानमा हुने भएको छ ।
जिल्ला भित्रका निजि तथा आबासीय बिद्यालयहरुको सहभागिता रहने उक्त प्रतियोगिताको बिजेताले नगद २० हजार कप मेडल र प्रमाणपत्र , उपबिजेताले नगद १५ हजार कप मेडल र प्रमाणपत्र र सेमिफाइनलसम्म पुग्ने टिमले नगद ५/५ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको समापन भने माघ ५ गते गर्ने कार्यक्रम रहेको युनाइटेड बोर्डिङ स्कुल पालुङटारका शिक्षक दिपक गुरुङले बताए ।
जिल्लाभित्र रहेका निजी विद्यालयहरूबीच मैत्रीभाव कायम गर्ने र खेलकुदको समेत विकास गर्ने लक्ष्यका साथ खेलको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
शिक्षक गुरूङका अनुसार खेलमा १३ वटा समूहहरूको सहभागिता रहने र पहिलो उदघाट्न खेल गोरखास्थित ओल्ड क्यापिटल स्कूल र मोर्डन इङलिस स्कुल बीच हुनेछ ।
प्रतिक्रिया