गाेरखा – फागुन सात गते देखि गोरखा सदरमुकाममा ‘छैठौँ गोरखकाली रनिङ कप–२०७५’ हुने भएको छ ।
हरेक वर्ष जिल्लामा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता गर्दै आएको हरमटारी क्लबले यस वर्षपनि प्रतियोगिता गर्न लागेको बिहिवार पत्रकार सम्मेलन गरी क्लवका अध्यक्ष बिशाल गुरुङले जानकारी दिए ।
यस वर्ष बिजेताले दुई लाख नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन भने उप बिजेताले एक लाख पुरस्कार पाउनेछन् । सेमिफाईनलमा पुग्ने दुई टिमलाई नगद ५०/५० हजार नगद सहित मेडल र प्रमाण पत्र दिईने आयोजकले जनाएको छ ।
बिभिन्न संघ संस्था, ब्यक्ती, उद्योगी ब्यवशायी र गोरखामा जन्मिएर बिदेशमा रहेका खेलप्रेमीको सहयोगले यस अघिका प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । यस पटक पनि बिभिन्न सहयोग मागेर प्रतियोगीता गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिता गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा १६ टिम सहभागी गराईने आयोजकले जनाएको छ । यस अघि पनि प्रतियोगितामा राष्ट्रिय स्तरका क्लव र खेलाडीहरुले प्रतिपर्धा गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ठ खेल प्रर्दशन गर्ने खेलाडी, उत्कृष्ट अग्रप्रक्ति, मध्यपंक्ती, गोरख रक्षक, खेल अवधीभर धेरै गोल गर्न खेलाडी, उत्कृष्ठ गोल रक्षकलाई नगद पुरस्कार दिईनेछ ।
नौ/नौ जना खेलाडी राखेर नकआउट प्रणालीबाट खेलाईने उक्त खेलका लागि हरमटारी क्लवले सदरमुकाममा रहेको एक मात्र मैदान मर्मत गर्दै आएको छ ।
उक्त मैदानमा मेला महोत्सव हुने, ठुला सभा सम्मेलन हुने हुँदा मैदानको स्तर खस्किएको छ ।अहिले पनि मर्मत नगरी खेल खेलाउन मिल्ने अवस्था नरहेको क्लवले जनाएको छ ।
प्रतिक्रिया