+
Search

ताजा अपडेट +

पपुलर +

लिगलिगकाेटमा पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशका दिन ४० फिट अग्लो राष्ट्रीय झण्डा राखिदै

4KNationalDaily
२०७५ पुष २६, बिहीबार १८:५१ बजे

गोरखा- ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ। नेपाल एकिकरणको शिलान्यास भएको गोरखाको लिगलिगकोटमा शुक्रबार पालुङटार नगरपालिकाका मेयर ई.दीपक बाबू कंडेलबाट झण्डोत्तोलन गर्न लागिएको हो ।

लिगलिग कोटमामा राखिने झण्डाको उचाई ४० फिट अग्लो रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले जानकारी दिए । लिगलिगकोटको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यले करिब १० लाखको बजेटमा झण्डा राख्न लागेको अधिकृत भारतीले बताए ।

नगरपालिकाले यो आर्थिक वर्ष लिगलिगकोटको विकासको लागि ५० लाख बजेट विनियोजन गरेको छ । सो रकम लिगलिगकोटको पर्यटन प्रवर्धन तथा होम स्टे विकासका लागि खर्च गरिने भारतीले बताए ।नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरि नयाँ संदेश दिन लागिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले बताए । शुक्रबार हुने कार्यक्रममा सबै लिगलिग बासीहरुलाई उपस्थित हुन अनुरोध गरिएको रानाले बताए ।

लिगलिगकोटको विकासका लागि लिगलिगकोटमा प्रदेशस्तरीय संग्रहालय निर्माण गर्न गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ रकम विनियोजान गरेको छ । हाल यो प्रक्रियामा रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोहि कार्यक्रममा बौद्ध हिमाल युवा क्लबका अभियन्ता हरुद्वारा गरिएको ‘लिगलिग – पालुङटार प्रवर्द्धन यात्रा २०७५’ मा टिस्टा नदि सम्म पुर्याइएको झण्डा नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ। 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily