+
Search

ताजा अपडेट +

पपुलर +

बिष्णु माझी र प्रकाश कटुवालकाे स्वरमा वियोगान्त गित ‘मायाकाे दिप जलाई’ बजारमा

4KNationalDaily
२०७५ पुष २६, बिहीबार १८:३८ बजे

काठमाडाैं- गुमनाम भएको भन्दै चर्चामा रहेकी चर्चित गायिका बिष्णु माझी र प्रकाश कटुवालको स्वरमा वियोगान्त गित ‘मायाको दिप जलाई’ बजारमा आएको छ । म्युजिक ल्याबको प्रस्तृतिमा माझी र कटुवालको स्वरमा गित बजारमा आएको हो ।

उनको समधुर स्वरमा सजिएको नयाँ लोक दोहोरी गीत आज मात्र सार्वजनिक भएको छ । म्युजिक ल्याब प्रालिको प्रस्तुतिमा हिरालाल भोम्जनको नयाँ लोक दोहोरी गीत मायाको दिप जलाईमा माझीको स्वर सुन्न सकिन्छ ।

यो गीतमा बिष्णु माझीलाई चर्चित लोक दोहोरी गायक प्रकाश कटुवालले साथ दिएका छन् । जुन गीतको शब्द कृष्ण राई ुबिन्दासुको रहेको छ भने लय कटुवालको नै रहेको छ ।

गुरुआमाको निर्देशनमा तयार भएको भिडियोमा अञ्जली अधिकारी, हिरालाल भोम्जन र बिनोद ढकालको अभिनय रहेको छ । यो गीतले सफलता पाउनेमा सर्जक बिनोद ढकाल ढुक्क छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily