+
Search

ताजा अपडेट +

पपुलर +

एलिना खनाल र सुरज रेग्मीको आवाजमा ‘ओभर ब्युटफुल’ गीत बजारमा

4KNationalDaily
२०७५ पुष २५, बुधबार १७:५६ बजे

काठमाडाैँ- चर्चित लोकदोहोरी गायिका एलिना खनाल र गायक सुरज रेग्मीको आवाजमा ‘ओभर ब्युटफुल’ गीत बजारमा आएको छ । सुन्दा नाचौं नाचौं लाग्ने गीतमा पछिल्लो समय चर्चामा रहन सफल मोडल करिश्मा ढकाल र जेम्स बिसीको अभिनय रहेको छ ।

गीतमा शब्द अनुसा थापा र खेमराज कोइरालाको रहेको छ भने संगीत गणेश अधिकारीको हो । गीतको निर्देशन चर्चित निर्देशक स्मिृती तिमल्सीना (गुरुआमा)ले गरेकी हुन ।

गुरुआमा फिल्मस्को निर्माण रहेको गीत योग्सन डिजिटलले बजारमा ल्याएको हो । बाशु बरालको छायाँकन रहेको उक्त म्यूजिक भिडियोलाई प्रकास धमलाले सम्पादन गरेका छन् ।

युट्वमा अपलोड भएको केही दिनमा नैं गीतले लगातार चर्चाको शिखर चुम्न सफल भएको छ ।

गायिका सँगैं एक सफल सञ्चारकर्मि समेत्त रहेकी एलिना आफुले आवाज दिएको गीत चर्चामा रहँदा आफुलाई एकदमैं खुःशी लागेको बताउँछिन । उनले दर्शक श्रोताको मायाले आफु यो स्थानसम्म आएको भन्दैं अझैं थप माया र हौंसलाको आवश्यक्ता भएको बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily