+
Search

ताजा अपडेट +

पपुलर +

लियो क्लब गोरखा स्कुल स्कुलमा प्रतियोगी छान्दै ,अब नगरपालिकाले पाउने छ एक उत्कृष्ट हस्तलेखन गर्ने बिधार्थी

4KNationalDaily
२०७५ पुष २४, मंगलवार १३:१० बजे

गोरखा- लियो क्लव अफ गोरखाले आफ्नो सामाजिक काम संगै एक नयाँ कार्यको पनि थालनी गरेको छ । क्लबले बिगत ३० बर्षदेखी गोरखामा रही सामाजिक कार्यमा सक्रियाका साथ अाफ्नाे उपस्थिति जनाउदै आएको छ ।

सोहि क्लबले अहिले शिक्षा क्षेत्रमा केहि फरक नयांपन किसिमको कार्य प्रयोगमा ल्याएको छ । क्लबले गोरखा नगरपालिका भित्र रहेका १६ वटा माध्यामिक स्कुलमा पुगेर खुल्ला हस्तलिखित प्रतियोगिता गर्नमा व्यस्त रहेकोछ । अहिले सम्म १४ ओटा माध्यमिक बिद्यालयमा पुगेर कयौ छात्रछात्रालाइ हस्तलिखित कार्यक्रममा सहभागी गराई प्रथम दिर्तीय त्रितिय हुनेलाई पुरस्कार संगै प्रथम हुने एक प्रतियोगिलाई फाइनलको लागि निमन्त्रणा पनि दिएकोछ ।

छिट्टै नै बाकीँ रहेका २ बिधालयलाइ पनि छनौट गरि १६ स्कुलबाट बिजयी भएर आउने प्रतियोगी लाइ फाइनल कार्यक्रममा समाबेश गराई एक जनालाई नगरपालिका भित्रका १६ माध्यमिक स्कुल मध्येको एक उत्कृस्ट हस्तलेखन गर्न सक्ने बिधार्थी घोषणा गरिने छ । बाकि दोस्रो तेस्रो र सान्तवना लाइ पनि क्लबले संम्मान गर्ने छ संगै प्रमाण पत्र, पुरस्कार शैक्षिक सामाग्री र बिबिध सुबिधा सहित पुरस्कृत गरिने क्लबका अध्यक्ष यम बहादुर बसेलले जनाकारी गराए ।

Image may contain: 5 people, people standing

क्लबले हिजोमात्रै गोरखा नगरपालिका वाड न ३ मा रहेको बिन्दवासिनी माध्यमिक विद्याल
माध्यमिक विद्यालय र रास्ट्रिय माध्यमिक विद्यालय घलागमा हस्तलिखित प्रतियोगिता एवंम शैक्षिक सामाग्री बितरण कार्यक्रम राखेको थियो ।

जहा वाड ३ का वडा अध्क्षय राम बहादुर बोगटी बिधालय ब्याबस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक समितिका अध्क्षय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वाड अध्क्षय बोगटीले क्लबको यो सराहनीय कार्यबाट स्कुल र शिक्षकले पनि सिक्न जरुरि रहेको बताए ।

त्यस्तै स्कुलका प्रध्यानाध्यपक राम बहारदुर थापाले अन्त्यन्तै राम्रो कार्य जसले बिद्याथीहरूमा रहेको प्रतिभा उजागर गर्ने यो कार्यले आफु र स्कुल परिवार खुसि भएको र आगामी दिन मा पनि यस्तै खाले कार्यक्रमको अपेक्षा रहेको उनले बताए ।

क्लबले हस्तलिखित कार्यक्रम शैक्षिक सामाग्री हस्तान्तरणको अलवा लियो क्लबको बारेमा जानकारी मोटीभेसन गराउने र सामान्य हाजिरीजवाफ जस्तो कार्यक्रम गरि अन्य थुप्रै छात्रछात्रालाइ पनि पुरस्कृत गरेको थियो ।

Image may contain: 4 people, people smiling, people standing and beard

क्लबको बार्षिक कार्ययोजना भित्र रहेको यो एक मात्र कार्यक्रम हैन हामीले गर्ने अन्य क्षेत्र स्वास्थ, खेलकुद, आर्थिक सहायता ,सामाजिक तथा सेवामुलक कार्यपनि नियमित गरिरहेको बताउछन क्लबका सचिब बालकृष्ण परियार ।

लियो क्लब अफ गोरखाले केहि समय पहिला गाइजात्र पर्वको अवसरमा रमाइलो गाइजात्रा साझ कार्यक्रम राखको थियो । जहाँबाट प्राप्त आर्थिक सहायता मार्फत स्कुलमा रहेको अनाथ असहाय र गरिव छात्रछात्राको लागि सहयोग गर्दै आएकोछ र यो निरन्तर रहने क्लबले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily