+
Search

ताजा अपडेट +

पपुलर +

इराकमा अलपत्र परेका केरौजाका आकाश गुरूङ प्रवासी नेपाली समाजको पहलमा नेपाल फर्किए

4KNationalDaily
२०७५ पुष २०, शुक्रबार १६:५१ बजे

इराक- बैदेशिक रोजगारीको शिलशिलामा विगत एक बर्ष अगि इराक आएका गोरखाको चुम्नुब्री गाउँपालिका केरौजाका आकाश गुरूङ नेपाल फर्किएका छन् ।

एक बर्ष अगाडि भिजिट भिषामा इराक कुर्दिस्तानमा बेरोजगारी अवस्थामा राखिएपछि उनलार्इ कुर्दिस्तान प्रवाी समाजको पहलमा नेपाल पठाइएको हो ।

उनी नेपालीकै सहयोगमा ग्यारेक्स कम्पनीमा काम गर्दै आएको थिए । तर आइक्युमा नबन्ने भए पश्चात् नेपाल पठाउनको लागि वकिलबाट ७० अमेरिकी डलर नपुग भएपछी बुक गरेको टिकट नै क्यान्सिल हुने अवस्था थियाे । 

तर,  राती १२ बजे सहयोगको अपिल गरे पश्चात् बिहिबार बिहानै अकामा अफिसमा वकिल सङ्ग कुरा गरि बाकी रकम दिएर नेपाल फिर्तिको काम मा सहयोग गर्न समाजको अनुरोधलाई स्विकार गरी नेपाल पठाउन सफल भएको कुर्दिस्तान प्रवासी नेपाली समाजका महासचिव विनोद श्रेष्ठले जानकारी दिए ।

कसैको गरिबी र टुहुरापनको फाइदा उठाएर यस्तो खालको फसाउने काम नगरिदिनु हुन समाजले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily