+
Search

ताजा अपडेट +

पपुलर +

साैरपानीमा शहिद प्रेम ढकाल स्मृति कप फुटबल प्रतियोगिता हुने, नेकपाका प्रवक्ता श्रेष्ठले उद्घाटन गर्ने

4KNationalDaily
२०७५ पुष १८, बुधबार २०:३१ बजे

गाेरखा- बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीको पोखरी गाउँमा शहिद प्रेम ढकाल स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । बारपाक सुलिकोट गाउँपालिकाको आयोजना र गोरखाद्वीप युवा क्लबको सहआयोजनामा आगामी पुस २७ देखी प्रतियोगिता सुरु गर्न लागिएको हाे ।

द्वन्द्वमा मारिएका तत्कालिन माओवादी नेता प्रेम ढकालको स्मृतिमा हुने फुटबल प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, द्वितीयलाई २५ हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र र सेमिफाइनलमा पुग्ने २ टिमलाई ८ हजार नगद पुरस्कार प्रदान गरिने गाउँपालिकाका खेलकुद संयोजक समेत रहेका वडाध्यक्ष कृष्ण गुरुङ्गले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily