+
Search

ताजा अपडेट +

पपुलर +

२५ लाखमा तयार भएको ‘रणवीर’को ‘तिरिमिरी तिनतारा’ रिलिज, सुशिल र शुभेच्छाको छमछमी

4KNationalDaily
२०७५ पुष ७, शनिबार ०५:१७ बजे

काठमाडाैं- प्रशान्त ताम्राकार र सुशील सिटौला स्टारर फिल्म रणवीरको पहिलो गीत सार्वजनिक भएको छ । केही दिन अघि एक्सन प्रधान टिजर रिलिज गरेको फिल्म निर्माण टिमले ‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलेको गीत सार्वजनिक गरेको हो ।

गीतमा राजनराज शिवाकोटीको संगीत र शब्दमा रहेको गीतमा उनलाई अन्जु पन्तले साथ दिएकीछिन् । ४ दिन लगाएर २५ लाख खर्च निर्माण गरिएको उक्त गीतमा सुशील सिटौला र डेब्यु नायिका शुभेच्छा खड्कासँगै सुपुष्पा भट्ट नेपाली पहिरनमा देखिएका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय पचास भन्दा बढी कोरस डान्सरहरु प्रयोग गरिएको छ ।

गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेको यस फिल्ममा प्रशान्त , सुशिलसंगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मका लागि नायक सुशिलले निकै मेहनत गरेका छन् । उनले यही फिल्मका लागि आफ्नो तौल १५ किलो बढाएर ८५ केजी बनाएका थिए ।

फिल्मका लागि आफुले निकै मेहनत गरेको उनले बताए । प्रशान्त फिल्ममा खलपात्रको भुमिकामा देखिएका छन् । कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।

फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । फिल्म माघ १८ गते बाट अल नेपाल रिलिज हुँदैछ .

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily