+
Search

ताजा अपडेट +

पपुलर +

गजेन्द्र बहादुर श्रेष्ठ गाेरखाकाे नयाँ सिडियाे

4KNationalDaily
२०७५ मंसिर २८, शुक्रबार २२:५६ बजे

गाेरखा– तत्कालिन गाेरखाका प्रमुख जिल्ला अधिकारीकाे काज सरूवा भएपछि गाेरखामा नयाँ प्रमुख जिल्ला अधिकारी अाएका छन् । तत्कालिन प्रजिअ (रा.प.प्रथम) नारायण प्रसाद भट्टराईकाे पर्सा प्रशासनमा सरूवा भएपछि नयाँ प्रजिअका रूपमा (रा.प.प्रथम) गजेन्द्र बहादुर श्रेष्ठ अाएका हुन् ।

तत्कालीन गोरखाका सिडियाे भट्टराई र प्रहरी उपरिक्षक (एसपी) बिमल बस्नेत विच मनमुटाव भएपछि दुबैकाे काज सरूवा भएकाे थियाे । प्रजिअ भट्टरार्इकाे आग्रहमा गृहमन्त्रालयका गृहसचिव प्रेमकुमार राईले एसपी बस्नेतलाई प्रधान कार्यालयमा तान्न प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई दबाब दिएका थिए ।

गृहमन्त्रालयका एक उच्च अधिकारीका अनुसार सचिव राईले भट्टराईलाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी उपहार दिएका छन् । गाेरखामा नयाँ एसपीका रूपमा भाेला रावाल अाएका छन् भने एसपी बस्नेतकाे महेन्द्रनगर गणमा सरुवा भएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily