+
Search

ताजा अपडेट +

पपुलर +

मिस वल्र्डमा सहभागी भएर नेपाल आएपछि श्रृंखला खतिवडाले भनिन् -‘नेपालकाे पहिलो महिला प्रधानमन्त्री बन्ने सपना छ’

4KNationalDaily
२०७५ मंसिर २८, शुक्रबार २१:४६ बजे

काठमाडाैं – मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना बोकेको बताएकी छन् ।

चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडाैं आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै शृङ्खलाले आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘मलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना छ ।’ उनले नेपाल हेरक क्षेत्रमा सक्षम हुँदाहुँदै पनि आर्थिक रुपमा सक्षम हुन नसक्दा आफु पछि परेको भन्दै त्यसका लागि मुलुकको आर्थिक अवस्था राम्रो बनाउन जरुरी रहेको आफुले अनुभव गरेको सुनाइन् ।

प्रतियोगिताका क्रममा नेपालीले भोट दिएर साथ दिएपनि आफु टप १२ बाटै बाहिरिनु परेको शृङ्खलाको भनाई छ । ‘टप फाइभमा पनि नपर्दा खल्लो लाग्नु स्वभाविक हो । धेरै नेपालीले आश गर्दै साथ पनि दिएका थिए । तर, निर्णायक मण्डलको निर्णयमा म टप–१२ बाटै बाहिरिए’ पत्रकार सम्मेलनमा शृङ्खलाले भनिन् ।

उनले प्रतियोगितामा भोटिङबाहेक प्रतियोगीहरुको एक महिनादेखिका क्रियाकलापका आधारमा जजमेन्ट हुने गरेकोले आफु त्यसमा कमजोर भएको हुनसक्ने बताइन् ।

मिस वल्र्डको ताज पहिरिन नपाएपनि समाजमा आफुलाई केही गर्ने चाहानाअनुसार समाजसेवाका केही काम गर्न थालिसकेको भन्दै उनले मिस वल्र्डमा सहभागी भएपछि आफुले धेरै कुरा सिक्ने मौका पाएको बताइन् ।

चीनको सान्या शहरमा भएको प्रतियोगितामा विश्वका १२१ सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये उनी १२ औं नम्बरमा परेकी थिइन् । त्यसमध्ये उनले दुई अवार्ड समेत जितेकी थिइन । खतिवडाले मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड पनि हात पारेकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily