+
Search

ताजा अपडेट +

पपुलर +

गाेखाली गायिका भिममायाको अहिले सम्मकै मार्मिक भिडियो ‘दैब किन’ बजारमा

4KNationalDaily
२०७५ मंसिर ५, बुधबार १६:०७ बजे

काठमाडाैँ- आशा खड्काको अभिनयमा अहिले सम्मकै मार्मिक भिडियो ‘दैब किन’ गीतको वियोगान्त भिडियो बजारमा आएको छ । ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायिका भिममाया गुरुङको आवाजमा रहेको निकै मार्मिक भिडियो बजारमा आएको हाे ।

पतिको वियोगमा रहेकी नारीको मनको पिडालाई समेटेर गीत तयार पारिएको छ । आफुलाई माया गर्ने प्यारो श्रीमानको मृत्यु पछि समाजले दिने पिडा र नारीहरुले भोग्ने पिडालाई गीतमा समेटिएको छ ।

विरेन्द्र ढकालको शब्द तथा वद्धि पाठकको लय सिर्जना रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘दैब किन’ गीतमा सुमन खतिवडा र आशा खड्काको अभिनय रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily