+
Search

ताजा अपडेट +

पपुलर +

एकादशी मेला हेर्न गएका युवामाथी सौरपानीमा अज्ञात समूहद्वारा खुकुरी प्रहार

4KNationalDaily
२०७५ मंसिर ३, सोमबार २१:२० बजे

गोरखा- सुलिकोट गाउँपालिका-४ सौरपानीमा अज्ञात समूहको खुकुरी प्रहारबाट एकजना स्थानीय युवा घाइते भएका छन् ।

सौरपानी रन्चोक केवरामा अाइतबार राती लागेको एकादशी जात्रामा राती १ बजेको समयमा अज्ञात समूहद्वारा स्थानीय २० वर्षको बोश गुरूङमाथी खुकुरी प्रहार भएको सौरपानीबाट दिपक ढकालले जानाकारी दिए ।

खुकुरी प्रहारबाट घाँटी र ढाडमा गहिरो चोट लागेका गुरूङलाई राती नै एम्बुलेन्स मार्फत उद्दार गरि अस्पताल लगिएको छ । हाल उनको अवस्था खतरामुक्त रहेको जानाकारी प्राप्त भएको छ ।

यस्तै, घटनामा संलग्न भएको आशंकामा एकजना युवालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय जौबारीमा राखेर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

घटना भएको स्थानमा आईतबार दिउँसो भलिबल आयोजना गरिएको थियो । यद्दपी उक्त कार्यक्रममा कुनै विवाद नभएको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily