+
Search

ताजा अपडेट +

पपुलर +

भ्रष्टाचार गर्ने छुट कसैलाई छुनै : प्रमुख आयुक्त घिमिरे

4KNationalDaily
२०७५ कार्तिक १८, आईतवार ००:०३ बजे

नेपालगञ्ज- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने छुट र भ्रष्टाचारबाट उन्मुक्ति पाउने छुट कसैलाई नहुने बताएका हुन् ।

प्रमुख आयुक्त घिमिरेले गाउँगाउँमा काम गर्ने राष्ट्रसेवक कर्मचारीको व्यवहारबाटै सर्वसाधारणमा सरकारप्रतिको विश्वास बढ्ने बताउँदै प्रदेश र स्थानीय सरकार तथा राष्ट्रसेवक कर्मचारी सबैले प्राप्त उपलब्धिको संस्थागत विकास र संरक्षणमा इमान्दारीपूर्वक सक्रिय भएर लाग्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार पाँच करोड २८ लाख ४५ हजारको लागतमा उक्त सम्पर्क कार्यालयको प्रशासनिक र सुरक्षा भवनको निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily