+
Search

ताजा अपडेट +

पपुलर +

बुढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथको ट्र्याक यसै वर्ष खन्ने तयारी

4KNationalDaily
२०७५ कार्तिक १३, मंगलवार १४:५३ बजे

गोरखा- राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ ।

गोरखा र धादिङको सिमानामा बन्न लागेको आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिए ।

आयोजनाको वरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको आयोजना प्रमुख कार्कीले बताए ।

उनले आउँदो पुसदेखि सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने जानकारी दिए । ‘डीपीआर तयार भइसकेको छ, केही प्रक्रिया मिलाउन बाँकी रहेकाले ढिलाइ भएको हो, आउँदो पुसदेखि ठेक्का प्रक्रिया शुरु हुन्छ’, उनले भने ।

प्रमुख कार्कीले गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारबाट बोर्लाङको महादेवटारसम्मको १०० किलोमिटर सडकको डीपीआर बनाइएको जानकारी दिए । त्यस्तै धादिङतर्फ पनि चालु आवमा १०० किलोमिटर सडकको ट्र्याक खोल्ने तयारी रहेको उनले बताए ।

उनका अनुसार अब गोरखातर्फ ६० र धादिङतर्फ २५ किमी सडकको डीपीआर बनाउन बाँकी छ । सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले रु १२ करोड छुट्याएको छ ।

दुवै जिल्लामा रु ६/६ करोड खर्चेर ट्र्याक निर्माण अघि बढाउन लागिएको हो । बूढीगण्डकी आयोजनाको जलाशय करीब ५४ किमी फराकिलो हुनेछ । आयोजनाले चक्रपथ वरपर ३०० किलोमटिर रिङरोड बनाउने गरी डिपिआर तयार पारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily