गोरखा- नेपालको पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो क्षमता विस्तार गरेकाे छ । कुरिनटारमा सोमवार एक कार्यक्रमको आयोजना गरि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले थप तीन डिब्बा थप गरिएकाे उद्घाटन गरेका हुन् ।
यसअघि ३१ वटा डब्बाले सेवा दिइरहेका थिए । अब कुल ३४ वटा डब्बाबाट सेवा प्रदान गरिने मनकामना दर्शनले प्रालिले जनाएको छ । थपिएको डिब्बाबाट दैनिक १ हजार थप यात्रुहरुले आवत जावत गर्न सक्नेछन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘नेपालको पर्यटन क्षेत्रमा मनकामना केवलकार ईन्नोभेसनले धेरै महत्वपूर्ण योगदान पु¥याएको छ, यहि केवलकार ईन्नोभेसनमार्फत स्थापित भएको डेस्टिनेसन पनि हो’ । उनले मेचीदेखि महाकालीसम्म पर्यटकीय गन्तव्य भएको बताउँदै त्यसको विकास गर्नुपर्ने बताए । उनले मनकामना मन्दिरको पुननिर्माण सकिएको बताउँदै त्यसका लागि सरकारले ४ करोड उपलव्ध गराएको बताए । उनले यो क्षेत्रको पर्यटन विकासका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताए ।
पर्यटनमन्त्री अधिकारीले मुलुकमा पर्यटकहरुको ३० प्रतिशतले बृद्धि भएको समेत बताउँदै त्यसमा आन्तारिक पर्यटकको योगदान पनि राम्रो रहेको बताए ।उनले भने, ‘अहिले आन्तारिक पर्यटकको संख्या करिब ५० लाख छन् । उनीहरु पनि हाम्रा पाहुना हुन् । आन्तारिक पर्यटनको प्रबद्र्धन नभई पर्यटन क्षेत्रको विकास हुँदैन ।’
मनकामना केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले हाल भारतीय पर्यटकहरु धेरै मात्रामा आउने थालेको बताए । भने ‘गत वर्षको तुलनामा यो वर्ष भारतिय पर्यटकको संख्या ह्यात्तै बढेको छ, गत वर्ष केवलकार चढ्नेमा २१ प्रतिशत भारतीय पर्यटकहरु थिए’ ।
१८ वर्षअघि सञ्चालनमा ल्याइएको यो केबलकारमा अहिलेसम्म १ करोड ३८ लाख भन्दा बढी व्यक्तिहरुले केवलकार चढिसकेको पनि उनले बताए । मनकामना केबलकार प्रालिको स्थापना २०५५ सालमा सञ्चालनमा आएको केवलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेकाे कप्नीले जनाएकाे छ ।
प्रतिक्रिया