+
Search

ताजा अपडेट +

पपुलर +

दिप ज्योती क्लबको दशै विशेष कार्यक्रम सम्पन्न

4KNationalDaily
२०७५ कार्तिक १, बिहीबार १८:३१ बजे

गोरखा – हिन्दुहरुको महान पर्व बिजया दशमीको अवसरमा गोरखा नगरपालिका-१, ताप्लेका युवाहरु द्वारा स्थापना गरिएको दिपज्योति क्लबले बिबिध सास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।

क्लबका अध्यक्ष सुरज बहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा लामो समय देखि अमेरिकामा रहदै आएका स्थानिय बासिन्दा एव लोक गायक मीन के शि को प्रमुख आतिथ्यमा भएको हाे ।

वडा न १ का वडा अध्यक्ष हिक्मत बहादुर कुवर, वडा न २ का वडा अध्ययक्ष रहम्तुल्ला मिया, जन ज्योती बिधालय का सहायक प्रअ गोबिन्द भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम लाइ मनोरञ्जनात्मक बनाउन रास्टिय स्तरका कलाकारहरु दोहोरी गायिका बबिता बानियाँ जेरि मीन केशी हरिराम परियार, दिपा पनेरु, सुवास मगर, मरिचमान बल्छी धुर्बे लगायतको प्रस्तुति रहेको थियो । स्मरण रहोस हरेक क्लबले दशै तिहार कार्यकम गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily