+
Search

ताजा अपडेट +

पपुलर +

साफ यु–१८- भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

4KNationalDaily
२०७५ आश्विन १९, शुक्रबार २१:२९ बजे

काठमाडौं- नेपाल साफ यु–१८ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रकार भएको खेलमा पेनाल्टी सुटआउटमा भारतलाई ३–२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा दुबै टिमले निर्धारित समयसम्म १–१ गोलको बराबरी खेलेका थिए । खेलको १५औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–० गोलले अघि रहेको नेपालले दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै गोल खायो ।

तुलनात्मक रुपमा नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । खेलको ६२औं मिनेटमा भारतकी समिक्षाले गोल गर्दै १–१ को बराबरीमा पुर्याइन् । बाँकी समयमा दुबै टिमले बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

थप गरिएको समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । नेपालले अब उपाधिको लागि बंगलादेश र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily