+
Search

ताजा अपडेट +

पपुलर +

अन्ततः लाग्यो टाइगर र दिशाको सम्बन्धमा पूर्णविराम !

4KNationalDaily
२०७५ आश्विन १८, बिहीबार २३:४१ बजे

काठमाडाैँ – बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीको ३ वर्ष लामो प्रेम सम्वन्धमा पूर्ण्बिराम लागेको छ । मतभेद बढेपछि उनीहरु औपचारिकरुपमै अलग भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ठ्याक्कै के कुराले उनीहरुबीच दुरी बढेको हो भन्ने प्रष्ट नभए पनि पछिल्ला दिनहरुमा टाइगर र दिशाको बानीव्यहोरासँग आजित बन्दै गएका थिए । दिशाले टाइगरमाथि लगभग ‘राणाशासन’ नै लगाएकी थिइन् । टाइगरले अरु केटीहरुसँग हासोठट्टा गरेको समेत दिशाले सहन सक्थिनन् । टाइगरको मोबाइल म्यासेज उनी सधै चेक गर्थिन् ।

दिशाकै दवावका कारण टाइगरले कुनै पनि फिल्ममा किसिङ सिन नदिने प्रतिबद्धता जनाउनु परेको थियो । यता दिशा आफू भने निकै उछृंखल लुगा लगाएर हिड्छिन् र फिल्ममा इन्टिमेट सिन दिन पनि तयार हुन्छिन् ।

मतभेद बढेपछि उनीहरुले यसलाई सुल्झाउने प्रयास नगरेका होइनन् । तर, बारम्बारको छलफलपछि पनि उनीहरुबीच समझदारी कायम हुन सकेन । र, टाइगरले छुट्टिने प्रस्ताव राखे । दिशा त्यसमा सहमत भइन् । प्रेम टुटे पनि मित्रवत् सम्वन्ध भने कायम राख्न दुवै तयार भएका छन् । टाइगर र दिशाले पछिल्लोपटक फिल्म ‘बागी २’ मा सगै काम गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily