+
Search

ताजा अपडेट +

पपुलर +

यू-१९ एसिया कप: नेपाल भारतसंग १७१ रनले पराजित

4KNationalDaily
२०७५ आश्विन १३, शनिबार १७:१९ बजे

काठमाडाैँ- बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले १७१ रनले पराजित भएकाे छ । ३०५ रनकाे लक्ष्य भेट्न जवाफी ब्याटिङ गरेकाे नेपालले ३६.५ अाेभरमा १३३ रन बनाउँदै अल अाउट भएपछि १७१ रनकाे विशाल अन्तरकाे हार बेहाेरेकाे हाे ।

निर्धािरत ५० अाेभरकाे खेलमा भारतले ९ विकेटकाे क्षतिमा ३०४ रन बनायाे । १३३ रन बनाउने क्रममा कप्तान अाशिफ शेखले २५, राेहित पाैडेलले २४ तथा सन्दीप झाेराले २० रन बनाए । त्यस्तै रबिन्द्र ज‌ंगले १६ र रबि कुमार शाहले ११ रनकाे बनाए भने बाँकी खेलाडीले दाेहाेराे अंककाे रन बनाउन सकेनन् ।

नेपाललार्इ १३३ रनमा राेक्ने क्रममा भारतका सिद्धार्थ देसार्इ र हर्ष त्यागीले समान ३-३ विकेट लिएका थिए । नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियाे । अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily