+
Search

ताजा अपडेट +

पपुलर +

इन्डोनेसियामा ७.५ म्याग्निच्यूडको शत्तिशाली भूकम्प, ३८४ को मृत्यु

4KNationalDaily
२०७५ आश्विन १३, शनिबार १७:०८ बजे

काठमाडाैँ- इण्डोनेशियाको तटीय शहरमा शुक्रबार आएको ७.५ म्याग्निच्यूडको शत्तिशाली भूकम्प र त्यसपछि अाएकाे सुनामीका कारण मृत्यु हुनेको संख्या ३८४ पुगेको छ। सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढिरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रकोप व्यवस्थापन सम्वन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार ३८४ जनाको मृत्यु भएको छ। मृत्युको संख्या बढ्ने सक्ने अधिकारीहरु बताउँछन् । सुनामी आएपछि मानिसहरु आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए ।

शक्तिशाली पराकम्पनले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु शहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन्। इण्डोनेशियाको तटीय शहरमा शुक्रबार ७.५ म्याग्निच्यूडको शत्तिशाली भूकम्प आए लगत्तै शक्तिशाली सुनामीले पनि आएको हो।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily