काठमाडौँ- करिब पाँच वर्षपछि हुन लागेको सहिद स्मारक ए डिभिजन लिग आजदेखि सुरु हुँदैछ। घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि सुरु हुने भएको हो।
रेलिगेशन नहुने प्रावधानसहित सुरु हुने लिगमा ए डिभिजनका १४ क्लबले करिब तीन महिना प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ। प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे सुरु हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए।
विजेताले ५० लाख रुपैयाँ पाउने लिगको सम्पूर्ण पुरस्कार राशी २ कराेडभन्दा माथि छ। यसपालि हरेक खेलका म्यान अफ द म्याचले १० हजार पाउनेछन्।
प्रतिक्रिया