+
Search

ताजा अपडेट +

पपुलर +

३८ सय किलो सुन तस्करी प्रकरण : पूर्व डिआइजी निरौला साधारण तारेखमा रिहा

4KNationalDaily
२०७५ आश्विन १२, शुक्रबार ००:४६ बजे

काठमाडौं– ३८ सय किलो सुन तस्करी प्रकरणमा आरोपी मानिएका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन्।जिल्ला अदालतको थुनामा राख्ने आदेश बदर गर्दै निरौलालाई साधारण तारेखमा रिहा गर्न उच्च अदालतले आदेश दिएको हो।

बिहीबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएका थिए।

निरौलालाई ३३ किलो सुन प्रकरणसँगै सनम हत्याकाण्डमा संलग्न रहेको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले गत बैसाख ९ गते पक्राउ गरेको थियो।

विमानस्थलबाट सुनका तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई थुनामा राखिएको हो। निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए। निरौला गतवर्ष त्रिभुवन विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए। तस्करीमा सघाएको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको थियो।

तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्या भएको थियो। सो घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाले लापरबाही गरेर तस्करलाई जोगाएको खुलेपछि गृह मन्त्रालयले छानबिन गरेको हो। जसक्रममा विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको खुलेको थियो।

त्यस्तै सुन प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसीलगायतलाई प्रहरी अधिकारीहरुलाई पनि रिहा गरिसकिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily