+
Search

ताजा अपडेट +

पपुलर +

पाकिस्तानी प्रधानमन्त्री पुगे साउदी अरब, किन ताेड्य आफ्नै बाचा !

4KNationalDaily
२०७५ आश्विन ४, बिहीबार १४:२२ बजे

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खान पहिलो विदेश भ्रमणका क्रममा साउदी अरब पुगेका छन् । प्रधानमन्त्री भएपछि इमरानले तीन महिना विदेश नजाने बचा गरेका थिए तर, बचन तोड्दै उनी साउदी पुगेका हुन् ।

उनले  साउदीका राजा सलमानलाई भेटेका छन् । अब उनी संयुक्त अरब इमिरेट्स (यूएई) जानेछन् ।

के भन्छन् खान

आखिर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो बचन किन उल्लंघन गरे ? अरब न्युजका अनुसार उनी भन्छन्, ‘मलाई तीन महिनासम्म पाकिस्तान बाहिर जानु थिएन । साउदीका राजा सलमानले मलाई आमन्त्रित गरे, त्यसैले आउनुपर्‍यो ।’

‘त्यसै पनि जब पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्छन्, पहिलो विदेश भ्रमण साउदी अरबमै गर्छन् । सबै मुसलमानको मनमा साउदीको विशेष स्थान छ ।’

प्रधानमन्त्री खानले पाकिस्तान साउदीका राजा सलमानको साथमा रहेको र कुनै पनि देशलाई आक्रमण गर्न नदिने बताए । साउदीको नेतृत्वमा यमनमाथि भइरहेको आक्रमणमा पाकिस्तानको धारणाबारे सोधिएको प्रश्नमा उनले भने, ‘पाकिस्तान यसमा मध्यस्थताको भूमिका निभाउन चाहन्छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily