+
Search

ताजा अपडेट +

पपुलर +

सुनसरीमा गोली चल्याे, भारतबाट आएको हतियारधारी समूहले प्रधानाध्यापकको हत्या [भिडियो]

4KNationalDaily
२०७५ आश्विन ४, बिहीबार १३:३१ बजे

सुनसरी – सुनसरीको हरिनगरामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका प्रधानाध्यापकको हत्या गरेको छ।

मोटरसाइकलमा आएका हतियारधारी समूहले गोली चलाई सुनसरीको हरिनगरा गाउँपालिकाकास्थित रैयान पब्लिक स्कुलका प्रधानाध्यापक खुर्सिद अन्सारीको हत्या गरेका छन्।

हरिनगरा गाउँपालिकाकाका अध्यक्ष गफर अन्सारीका अनुसार दुई वटा मोटरसाइकलमा आएका उनीहरुले गोली चलाएका थिए।

नेपाल-भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलाई गोली हानेर उनीहरू भागेको प्रहरीले जनाएको छ । अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले बताएको छ । उनीहरु चारै जना फरार छन् ।

हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

भिडियो

https://www.youtube.com/watch?v=-nZ-NuN0Q34&feature=youtu.be

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily