+
Search

ताजा अपडेट +

पपुलर +

बिपेश घिमिरे अब निर्देशक पनि

4KNationalDaily
२०७५ आश्विन ३, बुधबार ११:१८ बजे

काठमाडाैँ- गायक तथा माेडेल  बिपेश घिमिरे अब निर्देशक क्षेत्रमा हात हालेका छन् । धिमिरेले अत्यन्तै मार्मिक गीत ‘मुग्लानी’ नाम म्युजिक भिडियाे निर्देशन गर्दै  निर्देशक क्षेत्रमा हात हालेका हुन् ।

हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीलाई लक्षीत गरि स्वदेशमा प्रयाप्त रोजगारको ब्यबस्था नभएको कारण बाध्यताबस घर परिवार र आफ्नो देशै छोडेर परदेशमा पसिना बगाउने हरेक नेपालीको सत्य परिस्थितिलाई गीतको रुप दिएर सार्वजनिक भएको छ ।

ऋषि खड्काको लय तथा गायक घिमिरेको शब्द रहेको गीतमा सांगीतिक क्षेत्रमा निकै चर्चा कमाएकी अती ब्यस्त गायिका शान्तिश्री परियार र गायक खड्काको सुमधुर स्वर रहेको छ ।

भिडियोमा आफ्नो उत्कृष्ट प्रस्तुति दिदै धेरै गीतहरु बजारमा ल्याएर नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका सम्पुर्ण दर्शकको मन जित्न सफल मोडल घिमिरे र बहुचर्चित मोडल आशा खड्काको उत्कृष्ट अभिनय रहेको छ ।

रेशम दर्लामिले छायांकन साथै प्रदीप दाहालले सम्पादन गरेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily