+
Search

ताजा अपडेट +

पपुलर +

तिन दिन भित्र प्रतिवेदन प्रेश गर्न पद्धतीलाई सीडीयाे कार्यालयकाे निर्देशन

4KNationalDaily
२०७५ भाद्र २६, मंगलवार १२:११ बजे

गाेरखा-  जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाको गैरसरकारी संस्था ‘पद्धती बिकास सेवा केन्द्र’लाई पत्र काटेको छ । विदेशी डोनर’को रकममा पद्धतीको ‘ब्रमलुट’ शिर्षकमा गोरखा सन्देशमा समाचार प्रकाशित भएपछि जिल्ला प्रशासनले पत्र  काटेको हो ।

सिआरएस नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको आर्थिक सहयोगमा पद्धतीले ६० दिनमा सम्पन्न गर्नुपर्ने काम २ बर्षसम्म पनि नसकिएको भन्दै गोरखा सन्देशले गत भदाै १५ गते शुक्रबार समाचार प्रकाशित गरेपछि प्रशासन कार्यालयले  गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत गाैतम भण्डारीद्वारा भदाैँ १८ मा जारी गरिएकाे पत्रमा भनिएकाे छ ‘समाचारमा उल्लेखित बिषयमा के-कसाे भएकाे हाे, ३ दिनभित्र लिखित प्रतिवेदन प्रेश गर्न निर्देशानुसार गरिएकाे छ ।’

पद्धतीले भदौँ २१ गते नै जिल्ला प्रशासनलाई पत्र पठाएको छ  । स्रोतका अनुसार स्थानिय भेन्डर रमेश भट्ट र संस्थाको द्वन्द्वका कारण मिडियामा आएको हो, मिडियामा आएको जस्तो कोहि होईन भन्ने आशयको पत्र पद्धतीले प्रशासनलाई लेखेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई भने पत्रका बिषयमा आफुलाई जानकारीमा नआएको दावी गर्छन् । ुहामीले पत्र काटेको थियौँ, पत्रको जवाफ के आयो मैले हेर्न भ्याउको छैन् । सम्भवतस् शाखामा आएको हुनुपर्छु।

२०७२ सालमा गोरखाको वारपाक केन्द्रविन्द्रु भएर गएको विनाशकारी भुकम्पका पिडितहरुलाई घर निर्माणमा सहज होस भनेर सिआरएसको आर्थिक सहयोगमा जिल्लाको गैरसरकारी संस्था ‘पद्धती बिकास सेवा केन्द्र’ ले ‘ब्रमलुट’ मच्चाएको स्थानियले आरोप लगाएका थिए ।

नमुना घर निर्माणको काम थालेको पद्धतीले करिव ५० दिन भित्र निमार्ण सम्पन्न गर्नुपर्ने नमुना घर २ बर्षसम्मपनि आधा काम समेत गर्न सकेको छैन् । भुकम्प प्रतिरोधी घर निर्माण गर्न सजिलो होस भन्ने उद्देश्यका साथ बनाउन लागिएको नमुना घर अहिलेसम्म निर्माण हुन नसक्दा त्यसको औचित्यमाथी नै प्रश्न उठ्न थालेको स्थानियले आरोप लगाएका छन् ।

पद्धती बिकास सेवा केन्द्र गोरखा बेला बेलामा विवादमा आउने संस्थामा चिनिन्छ । गोरखा नगरपालिका-१ (साविकको-९) ताप्लेमा घर निर्माणको सामान स्टोर गरेर राखेको घरधनीलाई समेत अहिले सम्म भाडा नदिएपछि स्टोरमा समेत ताला लगाए पछि याे बिषय चर्चामा अाएकाे हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily