गाेरखा- गृहमन्त्री रामबहादुर थापाले तत्काल कुनैपनि मन्त्रीहरु फेरबदलको हने सम्भवना नरहेको दावी गरेका छन् ।
प्रेस संगठन नेपाल गोरखा शाखाले आज गोरखामा गरेको अन्तकिर्या कार्यक्रममा बोल्दै उनले तत्काल मन्त्रीहरु फेरबदलको कुनै सम्भावना नरहेको बताएका हुन् ।
‘मन्त्री फेरबदलको ठोस चर्चा छैन, पत्रपत्रिकाहरुले सम्भावना ब्यक्त गरिरहेका छन्,’ थापाले भने,‘ फेरबदल हुन सक्छ, सिद्धान्त हुँदै हुँदैन भन्ने पनि होइन, मन्त्री फेरबदल हुनु, थपिन, घट्नु सामान्य प्रक्रिया हो।’
‘सफलतापूर्वक विकास, समृद्वी र स्थायित्वको दिशातर्फ अघि बढेको बेला नकारात्मक शक्ति अस्थिर बनाउने, देशलाई पुरानै अवस्थामा फैलाउने काममा एकजुट भएका छन्,’ थापाले भने,‘ घटनाक्रमले के देखाउँछ भने भित्र र बाहिरका शक्तिहरुले अराजकता फैलाउने प्रयास गर्दैछन्, यो उनीहरुको असफल प्रयास हो।’ लोकतन्त्रमा प्रतिस्पर्धा गरि पराजित भएकाहरुले पनि सरकारलाई असफल बनाउन खोजेको थापाको आरोप छ ।
सरकारले आफ्नो कामको निरन्तर समिक्षा गरेको भन्दै उनले कामलाई गति दिनुपर्ने ब्यविस्थत गर्नुुपर्ने भए पनि मन्त्री फेरबदल गर्ने आवश्यकता नभएको बताए।
जनताले विकास, समृद्घि, सुशासन र स्थायित्वको जनादेश दिएकाले त्यसलाई स्थापित गर्न सरकार सफलतापूर्वक अघि बढेको थापाले दाबी गरे।
‘दिन दिनै बिष्फोट हुने स्थितीको अन्त्य भएको छ, अपराध नियन्त्रणमा आएको छ, तस्करीको सञ्जाललाई भत्कायौँ, यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य भएको छ,’ उनले भने,‘ भ्रष्टचार नियन्त्रण गर्नेतर्फ अघि बढिरहेका छौँ।’
प्रतिक्रिया