काठमाडौं – बंगलादेशकमा जारी साफ च्याम्पियानसिफमा नेपालले पहिलो जित दर्ता गरेको छ । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गोल गरेका हुन् । दोस्रो गोल सुनिल बल तेस्रो गोल भरत खवासले गरे भने चौथो गोल निराजन खड्काले गरेका हुन् ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान श्रीलंका र पाकिस्तानले भाग लिएको छ । भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।
त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्याए ।
भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४-० ले जिताए ।
प्रतिक्रिया