गोरखा – गोरखामा व्यवसायिक ¥याफ्टिङ सुरु भएको छ । दरौँदी नदिमा गत वर्ष सम्भाव्यता अध्ययन गरेको रोट्याक्ट क्लव अफ गोरखा शनिवार व्यवसायीक रुपमा ¥याफ्टिङ गरेको हो ।
‘गत वर्ष हामीले अध्ययन गरेका थियौं, सिजनल ¥याफ्टिङकोल सम्भाव्यता रहेको पुष्टि भयो’ क्लबका अध्यक्ष दिपेशसिंह बस्न्यातले भने ‘यो विचमा कसैले पनि यो काम गरेन त्यसैले हामीले नै निरन्तता मात्र दिएका हौं ।’
सिरानचोक गाउँपालिका अर्खुल देखि गोरखा नगरपालिका १० छेवेटारसम्म गरिएको ¥याफ्टिङमा १ सय ४४ जना सहभागी भएका थिए । ९ वटा ¥याफ्टिङ्ग वोडमा सवार सहभागीहरुले १ घण्टा ३० मिनेट जलयात्रा गरेका कलबले बताएको छ ।
‘हामीले डे ट्रिप र नाइट स्टे सहितको गरी दुई समूह बनाएका थियौं’ क्बलका निरञ्जन कट्टेलले भने ‘सोही अनुरुपको व्यवस्थापन गरिएको थियो ।’ डे ट्रिपको लागि २ हजार र नाइट स्टे सम्मको लागि ३ हजार शुल्क लिइएको छ । ‘डे ट्रिप को लागि बिहानको नास्ता खाना र ¥याफ्टिङको प्याकेज थियो’ उनले भने ‘नाइट स्टे गर्नेहरुका लागि बिहानको नास्ता, खाना दिउँसोको नास्ता र बेलुकीको खाना बासको समेत व्यस्थापना मिलाएका थियौं ।’
खाने बस्ने व्यवस्था नदी किनारमै मिलाइएको थियो । दरौदी नदीमा पानीको वहाव कम हुने भएकाले वर्खामा मात्र ¥याफ्टिङ गर्ने सकिने अध्ययनले देखाएको क्लबले बताएको छ । पानीको सतह कम भएपछि भुइँको ढुङगामा ठोकिएर ¥याफ्टिङ गर्न नमिल्ने अध्ययन टोलीले यस अघि निष्कर्ष निकालेको थियो ।
¥याफ्टिङको सुभारम्भ कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइ, गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठ, एसपी विमल बस्नेत लगायत जिल्लाका उच्चपदस्त व्यक्तिहरु समेत सहभागी भएका थिए । क्लबले दरौदीमा ¥याफ्टिङ्ग गोरखा नगरपालिकाको समन्वयमा गरेको जनाएको छ ।
प्रतिक्रिया