+
Search

ताजा अपडेट +

पपुलर +

ऊर्जामन्त्री भन्छन् – ‘बुढीगण्डकी आयोजना प्रभावितलाई यसै वर्षभित्र मुआब्जा वितरण सकिन्छ’

4KNationalDaily
२०७५ भाद्र १६, शनिबार ०८:१० बजे

काठमाडौं- ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलाशयुक्त आयोजना प्रभावित घर परिवारको मुआब्जा वितरण यसैवर्ष भित्र सक्ने बताएका छन्।

नागरिकहरुको प्रत्यक्ष हटलाइन सेवामा बोल्दै मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएको बताए।

सरकारले नै बनाउने घोषणा गरेको आयोजनाको क्षमता १२ सय मेघावाट हुने बताइएको छ। मुआब्जा र पुनर्वासका लागि करिब एक खर्ब खर्च हुने पुनले बताए। सरकार आफै वा ज्वाइन्ट भेन्चरमार्फत कुन मोडालिटीबाट बनाउने सरकारले छिट्टै निर्णय गर्ने उनले जानकारी गराए।

मन्त्री पुनले हरेक शुक्रबार सर्वसाधारणसँग सिधै गुनासो लिने गरेका छन्। ऊर्जा, जलस्रोत र सिँचाइ सम्बन्धित गुनासा तथा समस्यालाई पुनले टिपोट गरि तत्कालै सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिने गरेका छन्।

सर्वसाधारणले ११५१ मा शुक्रबार मध्याह्न १२ देखि १ बजेसम्म सम्पर्क गर्न सक्नेछन्। सर्वसाधारणले मन्त्रीसँग लाइन नियमित नभएको, सडक बत्ती बिग्रिएको, तार छरपस्ट भएको गुनासो राख्ने गरेका छन्। सर्वसाधारणले डुबानको समस्या पनि मन्त्रीलाई सुनाउने गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily