+
Search

ताजा अपडेट +

पपुलर +

घ्याल्चोकमा प्रहरी चौकी उद्घाटन

4KNationalDaily
२०७५ भाद्र १०, आईतवार १३:५२ बजे

गाेरखा- गण्डकी गाउँपालिका – ८ सिउरेनीटारमा हालै निर्माण सम्पन्न भएको प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दानसिँ बोहोराले शुक्रबार एक समारोहका बीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै उनले गण्डकी प्रदेशको शान्ति सुरक्षाको अबस्था सन्तोषजनक रहेको बताए । नागरिकहरु बर्दिबिनाका प्रहरी भन्दै उनले आपराधिक गतिविधि नियन्त्रणमा आफ्नो क्षमता, दक्षताको उपयोग गर्न उनले आव्हान गरे ।

‘आफ्नो ठाउँको शान्ति सुरक्षामा खलल नपुगोस भनेर आफै सचेत रहनुपर्छ’ उनले भने, ‘अपराधिक गतिविधि भए गरेको थाहा भएमा त्यसलाई नियन्त्रण का लागि प्रहरीलाई सुचना दिनुहोस, हामी नियन्त्रण गर्नेछौं ।’ प्रहरी कार्यालयहरु अब सुविधा सम्पन्न र प्रविधिमैत्री हुदै जाने उनको भनाई छ ।

डिएफआइडिको आर्थिक सहयोगमा २ बर्षअघिदेखि बनाउन थालेको भवनका लागि दुई करोड रुपैया खर्च भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले बताए ।

स्थानीय बासिन्दाले उपलब्ध गराएको सात आना क्षेत्रलफल जमिनमा दुइ तले भवन निर्माण गरिएको हो । ७ कोठा रहेको सो भवनमा प्रशासनिक कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, आवास तथा भान्साघर रहेका छन् ।

प्रहरीको आफ्नै भवन बनेसँगै भाडाको घरमा कार्यालय राख्नुपर्ने बाध्यता हटेको भन्दै एसपी बस्नेत खुशी व्यक्त गरे । यसअघि घ्याल्चोक प्रहरी चौकीले मासिक ३५ सय रुपैया घरभाडा तिर्दै आएको थियो ।  घ्याल्चोक प्रहरी चौकीमा असईको नेतृत्वमा ८ जना प्रहरी कार्यरत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily