काठमाडाैँ- नयाँ शक्ति पार्टी नेपालले निर्मला पन्तको हत्यामा संलग्नलाई हदैसम्मको कारवाही माग गरेको छ ।
साथै निर्मलाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय एक किशोरको मृत्यु भएको घटनाको घोर भर्तसना पनि गरेको छ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले शनिबार बिहान ट्वीट गर्दै निर्मला पन्तको जस्तो नियती कसैले भोग्नु नपरोस् भनेका छन् । उनले समाजमा निर्धक्क र सुरक्षित भएर बाँच्न पाउने न्याय र अधिकारको लडाइँमा आफूले सधैं साथ दिने बताएका छन् ।
प्रतिक्रिया