+
Search

ताजा अपडेट +

पपुलर +

भारतीय मिडियाको दावी : भारतको ७१ सय हेक्टर जमिनमा नेपालको कब्जा , नेपालले दादागिरी गरेको आरोप

4KNationalDaily
२०७५ श्रावण ३०, बुधबार २१:५८ बजे

काठमाडौं- भारतको सात हजार एक सय हेक्टर जमिनमाथि नेपालको नियन्त्रण रहेको दावी भारतीय मिडिया दैनिक भास्करले गरेको छ।

मंगलबारको एक रिपोर्टमा उसले बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७ हजार एक सय हेक्टर जमिन नेपालले कब्जा गरेको दावी गरिएको छ। साथै, नेपालले दादागिरी देखाएको आरोप समेत लगाएका छन् ।

समाचारमा भनिएको छ- ‘जुन नेपाललाई भारतले मित्र मानेर अँगालो हालेको छ, उही मित्रले बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७,१०० हेक्टर जमिन कब्जा गरेको छ। यो शिलशिला अझै बढ्दो छ।’

बालमिकीनगरमा सुस्ता, बाल्मिकी टाइगर रिजर्वको जंगल र गोवर्द्धनमा शिवालिक क्षेत्रको पहाडसहित कतिपय इलाकामा नेपालको अवैध कब्जा बढेको समाचारको दावी छ।

यही मौकामा दोहोरो नागरिकता लिनेहरू पनि बढेको दावी समाचारको छ। जंगलबाट करोडौँ रुखहरू काटिएको समाचारमा दावी छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily