गोरखा- नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर गोरखामा पनि परेको छ । सडकमा बन्द कर्ताहरु नदेखिएपनि गोरखाबाट छुट्ने लामो तथा छोटो दुरीको सवारी ठप्प भएको छ ।
बिद्यालय भने अधिकांश बन्द भएका छन्। गाेरखाका अधिकांश निजी बिद्यालयहरु बन्द छन्। बिद्यार्थीको सुरक्षाको कारण देखाउँदै उनीहरुले बन्द गरेका छन्। निजी तथा सरकारी स्कूलका बसहरु समेत चलेका छैनन् ।
पार्टीका दोस्रो बरियताका नेता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेतालाई पक्राउ गरेको विरोधमा उनीहरुले बन्दको आह्वान गरेका हुन्। व्यवसायीलाई धम्काएर सात करोड असुलेको आरोपमा उनीहरु पक्राउ परेका थिए। चन्दा मुद्दामा उनीहरुविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छ।
कुनै ब्यवसायीले गाेरखामा बस सञ्चालन गरेनन् । त्यस्तै बजारहरु समेत पूर्ण रुपमा बन्द छन् । फ्याट्ट फुट्ट मोटरसाइकल चलेपनि अन्य सवारी नचलेको यातायात ब्यवसायी समितिले जनाएका छन् । बन्दका कारण यात्रुहरु मर्कामा परेका छन् । केही दिन अघि देखि नै बन्दको हल्ला फैलिएकाले मंगलबार गोरखाका कुनै पनि निजी तथा सरकारी विद्यालयहरुमा समेत पढाइ ठप्प भएका छन् ।
प्रतिक्रिया