+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशमा नेकपाको नयाँ कमिटी कस्ताे बन्ला !

4KNationalDaily
२०७५ श्रावण २८, सोमबार २१:५७ बजे

पोखरा- एमाले र माओवादीको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन हुन लागेको नयाँ कमिटीका लागि छलफल सुरु भएको छ ।

तत्कालीन एमाले र माओवादीको कहिले छुट्टाछुट्टै र कहिले संयुक्त बैठक बसेर यतिबेला नेतृत्व सहित पदाधिकारी र सदस्यहरु टुंग्याउन कडा कसरत गरिएको छ । गण्डकी प्रदेशमा १ सय ८७ जना सदस्य रहने गरी नयाँ कमिटी गठन हुनेछ ।४ जना नेताहरुलाई कार्यदलमा राखेर कमिटी बनाउने काम थालिएको हो ।

गण्डकी प्रदेशका अर्थमन्त्री तथा साविक एमालेका प्रदेश संयोजक किरण गुरुङ, माओवादी प्रदेश संयोजक हितराज पाण्डे, एमालेका तर्फबाट हालका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र माओवादीका नेता तथा सांसद हरिराज अधिकारीको संयुक्त कार्यदल गठन गरिएको छ।पूर्व एमाले र माओवादीबाट ६०–४० वा ५५–४५ को अनुपातमा सदस्य टुंगो लगाइने नेताहरुले बताएका छन् ।

भदौ २८ भित्रै प्रदेश संगठन र जिल्ला कमिटीको नामावली केन्द्रमा पठाउने गरी निर्णायक बैठक हुने कार्यदलका सदस्यहरुले बताए ।अहिलेसम्म मुस्ताङ, म्याग्दी र लमजुङ जिल्ला कमिटीको संख्या टुंगो लागेको छ भने कास्कीसहित बाँकी सबै जिल्लाको संख्या र नेतृत्वबारे दुवैतर्फका पाँच–पाँचजनाको कार्यदलले छलफल चलाइरहेको छ ।पूर्व माओवादीले कम्तीमा तीन जिल्लाको नेतृत्वमा दाबी गरेको छ ।

प्रदेश कमिटीमा भने एमालेका दुई र माओवादीका दुई नेताले अध्यक्षमा दावेदारी देखाएका छन् । एमालेका तर्फबाट किरण गुरुङ र तुलबहादुर गुरुङ तथा माओवादीको तर्फबाट हितराज पाण्डे र हरि अधिकारीले आकांक्षा देखाएको श्रोतको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily