+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डलाई बाबुरामको पश्न ‘पार्टी चलाउन नसकेर माओवादीलाई एमालेमा विलय गराउनु भएको हो’

4KNationalDaily
२०७५ जेष्ठ ५, शनिबार ११:१८ बजे

पाेखरा- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वगठित नेपाल कम्युनिस्ट (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  पार्टी चलाउन नसकेर माआवादीलाई एमालेमा विलय गराएकाे आराेप लगाएका छन् ।

शनिबार बिहान पोखरामा संसदीय पत्रकार मञ्च प्रदेश ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रचण्डलाई यस्ताे पश्न गरेका हुन्।

नेकपा प्रति कटाक्ष गर्दै उनले भने ‘जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो । एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन ।’

उनले प्रचण्डलाई पार्टी चलाउन नसकेर माओवादीलाई एमालेमा विलय गराएको आरोप लगाए । सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने दावी गरे ।

एकीकृत पार्टी सधैंभरि पाँच वर्ष सम्म चल्ला त्यस पछि नचल्ने उनको भनाई थियो । ‘यो मर्जरले पाँच वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन,’ उनले भने । ‘यही साइजमा रहँदैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily