+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका सांसद अधिकारी भन्छन्- ’खेलकुदको विकासमा राज्यले लगानी गर्छ’

4KNationalDaily
२०७५ बैशाख ३, सोमबार २१:३५ बजे

गोरखा– गोरखाका क्षेत्र न १ का सांसद हरीराज अधिकारीले खेलकुदमा राज्यले लगानी गर्ने बताएका छन् ।

जिल्लाको गण्डकी गाउँपालिका वडा नं. १ स्थित विजया भवानी माध्यमिक बिद्यालयकले ’राष्ट्रको लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित आजबाट सुरु भएको जिल्ला स्तरीय सातौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

’अहिले राष्ट्र पुरानो ठाउँमा छैन नेपाल नयाँ ठाउँमा आएको छ र राष्ट्रलाई खेलकुद चाहिएको छ । यसरी नै खेलकुदले व्यक्तिको जीवन,व्यक्तिको जीवनमा महत्वपूर्ण स्थान राख्दछ । खेलकुदले व्यक्तिलाई अनुशासित बनाउँछ, अन्तरमनको प्रतिभालाई प्रस्फुटित गर्दछ, खेलकुद देश,समाजको महत्वपूर्ण हिस्सा हो ।’ उनले भने ।

’अहिले राष्ट्रिय अन्तराष्ट्रिय जगतमा जुन जुन देशहरु अगाडि आईरहेका छन् उनीहरुको इतिहास लामो छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरीसकेपछि खेलकुद क्षेत्रको विकासमा अगाडि बढेको छ । हिजो सिमित समुदायले अवसर प्राप्त गर्दथ्यो भने अव सबैले खेलकुदमा अवसर पाउँछन् यसका लागि राज्यले नीतिगत व्यवस्था गरेर लगानी गर्दछ ।’ सांसद अधिकारीले थपे ।

कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, शहिद लखन गाउँपालिका प्रमुख रमेश थापा मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बसन्त गुरुङ, गण्डकी गाउँपालिका वडा नं. १ का अध्यक्ष गिर बहादुर गुरुङ, विजया भवानी मा.वि.का प्रधानाध्यापक डिल बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

आजबाट शुरु भएको खेल तीन दिन सम्म चल्ने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तसिं बस्नेतले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily