+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा श्रमजीवि ऐन कार्यान्वयनको अबस्था सन्तोषजनक : अध्यक्ष पराजुली

4KNationalDaily
२०७४ फाल्गुन १५, मंगलवार २०:१९ बजे

गोरखा- न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गगाधर पराजुलीले गोरखाका सन्चारमाध्यमहरुमा श्रमजीवि पत्रकारहरुको कार्यान्यवनको अबस्था सन्तोषजनक रहेको बताएका छन् ।

गोरखा सरदमुकाममा आज आयोजित जिल्लाका सन्चार माध्यममा श्रमजीवि पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अबस्था बिषयक अन्तरक्रिया बोल्दै उनले यस्तो बताएका हुन् ।

पराजुलीले अन्य जिल्लामा सन्चारमाध्यममा काम गर्ने श्रमजीवि पत्रकारहरुलाई नियुक्त पत्र पाउन समस्या हुने गरेको, न्युनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको पारिश्रमिक उपलब्ध नपाइएको भएपनि गोरखामा भने यसको अबस्था सन्तोषजनक नै पाइएको बताए ।

अहिले सन्चारमाध्यममा काम गर्ने पत्रकारहरुको क्षमता र व्यवसायिक पत्रकारितामा ध्यान दिन सके पारिश्रमिकको समस्या कम हुदै जाने छ। देशभरका अधिकासं सन्चार माध्ययमा सन्चालकहरुले आफ्नो श्रमजीबि पत्रकारहरु शोषण गर्ने गर्ने गरेको भन्दै अब ऐनलाई प्रभावकारी कार्यान्यवनका लागि पहल गर्ने बताए।

कार्यक्रममा सहभागी रेडियो तथा पत्रपत्रिकाका सन्चालक एवं प्रकाशकहरुले राज्यले ठूला सन्चार माध्यम र साना सन्चारमाध्यममा बिभेद गरेका कारण अहिले पनि श्रमजीवि पत्रकार ऐन कार्यान्यवनमा समस्या हुने गरेको बताएका थिए । उनिहरुले राज्यबाट उपलब्ध हुने लोककल्याणकारी बिज्ञापनको समानुपातिक बितरण नहुदा समस्या भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले सन्चारमाध्यमहरुले श्रमजीवि पत्रकारहरुका लागि अबस्था अहिले पनि दुखद् नै रहेको भन्दै ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने  “अहिले कतिपय सन्चारमाध्यममा सन्चालकहरु आफै धनी बन्ने तर पत्रकारहरुलाई उचित पारिश्रमिक नदिने गरेको पाइएको छ, त्यसको अन्य नहुदा सम्म स्वतन्त्र पत्रकारिताको बिषय चुनौती पूर्ण हुन्छ ।”

जैसीले पत्रकारहरुको पेशागतहक अधिकारको सुरक्षाका लागि महासंघ सधै प्रतिबद्ध रहेको बताए ।कार्यक्रम न्युनतम परिश्रमिक निर्धारण समितिको र नेपाल पत्रकार महासंघ गोरखा शाखाको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily