+
Search

ताजा अपडेट +

पपुलर +

सूचनाको हकको पूर्ण कार्यान्वयन नभएसम्म लोकतन्त्र बलियो हुन्न : आयुक्त पोखरेल

4KNationalDaily
२०७४ फाल्गुन १५, मंगलवार २०:२१ बजे

गोरखा – राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सूचनाको हकको पूर्ण कार्यान्वयन नभएसम्म लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् ।

सूचनाको हक सम्बन्धी सदरमुकाममा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त पोखरेलले लोकतन्त्रमा हरेक व्यक्तिमा सूचना पाउने अधिकार रहेको भन्दै त्यसको पूर्ण कार्यान्वय भएमात्र प्राप्त लोकतन्त्र दिगो हुने बताएका हुन् ।

‘राणाशासनका बेला जनताको जान्न पाउने अधिकार शासकले खोसे, प्रजातन्त्र प्राप्ती पछि जनताले पूर्ण सूचनाको हक प्राप्त गर्न सकेनन् त्यसैले फेरी जनताको आन्दोलनबाट लोकतन्त्र आयो, फेरी पनि जनतालाई सूचना लुकाउने हो भने लोकतन्त्र धरापमा पर्न सक्छ’ उनले भने । शासकहरु जनता प्रति जबाफदेही  भएमात्र शासनसत्ता दिगो हुने भएकाले सवै सार्वजनिक निकाय भित्र पारर्दशिता हुनुपर्नेमा जोड दिनुपर्ने उनकाे तर्क थियाे ।

उनले राजनीतिक पार्टी मात्र  नभएर एनजिओ आइएनजिओहरुले हिसाव किताब पारदर्शी रुपमा सार्वजनिक नगर्ने गरेको पाइएको बताए ।कार्यक्रममा बोल्दै गाेरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लामा सरकारी कार्यालयहरुले सूचना दिनेकुरामा समस्या नभएको बताए ।

उनले सूचनाको हक व्यक्तिको महत्वपूर्ण अधिकार भएको भन्दै त्यसको कार्यान्वयनमा सवै सचेत हुनुपर्ने बताए । अहिले पनि सर्वसाधारण जनतामा सूचनाको हकका बारेमा जानकारी नभएको भन्दै त्यसलाई सर्वसाधारण सम्म पु¥याउन सवैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा बस्नेतकाे जाेड रहेकाे थियाे ।

कार्यक्रममा सहभागीहरुले अहिले पनि बिभिन्न संघ संस्थाहरुले सार्वजनिक रुपमा प्रकाशन गर्ने सूचनाहरु सर्वसाधारण जनताले बुझ्ने भाषामा प्रकाशन हुनुपर्नेमा जोड दिएक थिए । कार्यक्रममा बिभिन्न सरकारीका कार्यलयका प्रमुख, सूचना अधिकारी, बिभिन्न गाउँपालिका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily