+
Search

ताजा अपडेट +

पपुलर +

तरुण दल गोरखाले प्रजिअलाई बुझायो ज्ञापन पत्र, अगिल्लो सरकारले गरेको निर्णय खारेज गर्नु अधिनायकवादी कदम

4KNationalDaily
२०७४ फाल्गुन १२, शनिबार १४:३७ बजे

गाेरखा- नेपाली कांग्रेस निकटकाे भातृ सङगठन नेपाल तरुण दलले  अघिल्लो सरकारले गरेको निर्णय  नयाँ गठन भएको सरकारले खारेज गर्ने निर्णय अधिनायकवादी कदम भएको भन्दै आपक्ती जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी तिजेन्द्र बस्नेतलाई ज्ञापन पत्र वुझाउँदै संविधान अनुसार देउवा सरकारले मनोनित गर्न सिफारीस गरेको राष्ट्रिय सभा सदस्यहरुको नाम खारेज गर्नु संविधान विपरित भएको तरुण दलको आरोप छ ।‘

संविधान भन्दा ठुलो कोहि नरहने र विश्वासका साथ तत्कालै सो कद सच्याउन राष्ट्रपति समक्ष माग राख्दछौँ,’ जिल्ला अध्यक्ष यम वहादुर थापा द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

पहिलेका सरकारले गरेका निर्णय नसच्याए जुनसुकै कदम चाल्न पनि नेपाल तरुण दल वाध्य हुने समेत थापाले चेतावनी दिएका छन् । ‘केन्द्रको निर्देशन अनुसार हामी आन्दोलनको अग्रभागमा रहिरहन्छौँ,’ थापाले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily