+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ नेपाल बनाउने दिन आयो : नारायण्काजी श्रेष्ठ

4KNationalDaily
२०७४ फाल्गुन ५, शनिबार १७:५८ बजे

गोरखा– नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले अवको पाँच वर्ष भित्र देश आर्थिक समृद्धिमा अगाडि बढ्ने बताएका छन् ।

जिल्लाको पालुङटार नगरपालकिामा भएको वृहत कोटगढी महोत्सव २०७४ लाई सम्बोधन गर्दै नेता श्रेष्ठले जनताले बाम गठबन्धनलाई दिएको स्पष्ट बहुमतले नयाँ नेपाल निर्माण गर्ने दिन आएको बताएका हुन् ।

गोरखा निर्वाचन क्षेत्र २ बाट विजय हुन नसके पनि देशैभरीबाट बाम गठबन्धको जीत हुनु गौरवको कुरा भएको उनले दोराएका छन् । जिल्लाको विकासका लागि विशेषज्ञहरुको समूह बनाई छलफल गरेर गुरु योजना तयार गर्नुपर्ने उनको भनाई छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिल कुमार श्रेष्ठले कोटगढी साच्चै पर्यटकिय स्थलका लागि उपयुक्त स्थान भएको र यसको विकासका लागि आफूले सकेको पहलकदमी लिने बताए ।

पालुङटार वडा नं. १० का वडा अध्यक्ष रीषीराज धौरालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीय मैत बहादुर वाईवा, डम्बर बहादुर राना, प्रकाश न्यौपाने, राममाया थापा, बलराम थापा लगायतले मन्तव्य राखेका थिए ।

चौविसे राज्यकालका भग्नावशेषहरु कोटमा रहेकाले यसलाई पुरातत्व विभागले संरक्षण गर्नुपर्ने स्थानीयहरुले बताउँदै आएका छन् । महोत्सवमा राष्ट्रिय कलाकार कहरसिं राना ,प्रमिला केसी, सम्झना थापा, सन्तोष दवाडी लगायतले आफ्ना कला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily