+
Search

ताजा अपडेट +

पपुलर +

सात बर्षपछि खुनडाँडाका मुद्वाका प्रतिवादी पक्राउ

4KNationalDaily
२०७४ फाल्गुन ५, शनिबार १७:५५ बजे

गोरखा– जिल्ला प्रहरी कार्यालय गोरखाले सात बर्ष अगिको मुद्वाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

२०६७ साल चैत्र २३ गते चितवानको रन्तनगर नगरपालकिा वडा न १ मा जगदम्बा पेट्रोल पम्पका म्यानेजर भरत घिमिरेलाई गोली हानी पेट्रोल पम्पमा भएको धनमाल चोरी गरी फरार रहेका गोरखाका श्याम नेपाली भन्ने रोकालाई जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली शुक्रबार प्रकाउ गरेको प्रहरीले बताएको छ ।

रोकालाई जिल्ला प्रहरी कार्यालय चितवानमा मुद्दा दर्ता भएको र हाल सम्म फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटी गएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा शुक्रबार घरमा नै आफ्नो परिचय लुकाइ बसेको अबस्थामा फेला पारी पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । प्र

हरीले फरार प्रतिवादी रोकालाई आबश्यक कार्बाहीको लागी जिल्ला प्रहरी कार्यालय चितवनमा पठाईएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily