+
Search

ताजा अपडेट +

पपुलर +

मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा गोरखाका सांसद, बावुराम जिल्ला बाहिर

4KNationalDaily
२०७४ मंसिर २७, बुधबार १८:५९ बजे

गोरखा- भर्खरै मात्र निर्वािचत भएका सांसद गाउँगाउँमा पुगेका छन् । आफूलाई भोट दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन उनीहर गाउँमा गएका हुन् ।

गोरखा क्षेत्र न १ का सांसद हरीराज अधिकारी र प्रदेश सभा (ख) का रामशरण बस्नेत हिजो भिमसेन गाउँपालिकाका विभिन्न स्थानमा मतदाता भेटघाट गरे । अहिले उनिहरू आरूघाट गाउँपालिकाको वडा न ५ मा छन् ।

सदरमुकाम लगायतका ठाउँमा कार्यकर्ता र जनतासँग भेटघाट गरी गाउँतर्फ लागेका अर्का प्रदेशसभा क्षेत्र न (क) का सांसद लेखबहादुर थापामगर भने गोरखा नगरपालिकाको वडा न ५ का मतदातासँग भेटघाट कार्यक्रम गरीरहेका छन् ।

पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा क्षेत्र न २ का सदस्य डा. बावुराम भट्टराई पालुङटारका केहि वडामा मतदाता भेटघाट गरेपछि आज काठमाडौँ गएका छन् । नयाँ शक्तिका जिल्ला स्तरका नेताका अनुसार उनले पौष २ गतेबाट गोरखा नगरपालिका वडा ८ बाट मतदाता भेटघाट अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।

त्यस्तै गोरखा क्षेत्र न २ प्रदेश (क) मा नयाँ शक्त्ती पाटीबाट निर्वाचित भएकाका हरिशरण आर्चाय पालुङटारका केहि वडामा मतदाता भेटघाट गरी अहिले गोरखा बजारमा छन् ।

उनी पाटीको बैठकका लाग जिल्ला आएको बताए । भने आज विहान जिल्ला कार्यलयमा बैडक थियो, म पालुङटार नगरापालिकाका वडाहमा मतदाता भेटघाट गरीरहेको छु ।

नेपाली कांग्रेसबाट विजयी भएका प्रदेश सभा (ख ) का प्रकाशचन्द्र दवाडी अहिले गाउँगाउँमा मतदाता भेटघाटमा छन् । उनले सिरानचोकका वडाहरूमा मतदाता भेटघाट गरी रहेका छन् ।

गाउँमा स्थानीयका माग र सल्लाह, सुझाव लिन गाउँगाउँमा गएको उनीहरू बताउछन् । जनतालाई धन्यवाद दिन गएका बामगठबन्धनका सांसदलाई अधिकांश स्थानीयले पार्टी एकता कहिले हुन्छ ? भन्दै प्रश्न गर्न थालेका छन्, प्रतिनिधिमा क्षेत्र न १ बाट निर्वाचित अधिकारीले भने ।

सांसदलाई भेटेर महिला, युवाले दुर्गमलाई सुगम बनाउन, महिलामैत्री र राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिन आग्रह गरेका छन् । स्थानीयबासीले चुनावको बेला उठाएका एजेण्डा नभुल्न समेत उनीहरलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily