+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेशसभाका उम्मेदवार बजगाईँले उडाए आचारसंहिताको धज्जी, हेलिकोप्टर लिएर प्रचारमा

पालिका लाइभ
२०७४ कार्तिक २६, आईतवार २०:२५ बजे

गोरखा– नेपाली कांग्रेसका नेता तथा गोरखा प्रदेशसभा ‘ख’ का उम्मेदवार राजेन्द्र बजगाईँले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन्।

बजगाईँसहित कांग्रेसका महामन्त्री शशांक कोइराला र समानुपातिक उम्मेदवार हरिबहादुर घले उत्तरी गोरखाको काशीगाउँमा निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टर चार्टर गरेर गएको पाइएको छ।

निर्वाचन आचारसंहितामा चुनावी प्रचारमा कतै जानुपरे निर्वाचन कार्यालयका साथै जिल्ला सुरक्षा समितिलाई जानकारी गराउनुपर्ने नियम छ। तर, बजगाईँसहितको टोली बिना जानकारी प्रचारमा गएको जिल्ला सुरक्षा समितिका एक सदस्यले बताए।

उनीहरू आइतबार मध्याह्न १२ बजेतिर काशीगाउँ पुगेका थिए। केही समय प्रचारप्रसार र घरदैलो गरेपछि उनीहरू फर्केको एक स्थानीयले टेलिफोनमा बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले यसको पुष्टि गर्दै मुख्य निर्वाचन अधिकृत वसन्तराज पौड्यालले भने, ‘उत्तरी गोरखाका केही स्थानमा उहाँहरू जानुभयो भन्ने मौखिक सूचना आएको छ। हामी यसबारे थप अनुसन्धान गरिरहेका छौँ।’

यसबारे बजगाईँसँग कुरा गर्न खोज्दा उनले कुरा गर्न चाहेनन् । बजगाईँले गोरखाको प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार रामशरण बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन्।

विवादास्पद छविका र पार्टीभित्रै बिचौलिया भनेर चिनिएका बजगाईँ केही समयअघि पनि आचारसंहिता विपरीत उत्तरी गोरखाका केही स्थानमा चुनावी प्रचारका लागि हेलिकोप्टर लिएर गएका थिए। त्यस बेला उनले हेलिकोप्टर आफैँले चार्टर गरेको नभई लिफ्ट मागेको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ