+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाको विकासको लागि बाम गठबन्धनलाइ मत, बाबुराम भट्टराई सिद्धान्तहीन र अवसरवादी – नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७४ कार्तिक १८, शनिबार २०:४५ बजे

गोरखा- नेकपा माओवादी केन्द्रका नेता एवम् गोरखा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठले गोरखा जिल्लाको समग्र विकासको लागि बाम गठबन्धन लाई बिजयि गराउन आव्हान गरेका छन् ।

पालुङटार–४ लुइँटेल बजारमा नेवार गुठी समाज र लुइँटेल बजार महिला समुहले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सामाजिक परिवर्तन र समाज विकासको निम्ति बाम गठबन्धनलाई बिजयी गराउन आग्रहगरेका हुन्।

बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले भने ‘बिकासका लागि सरकार चाहिन्छ । अब केन्द्र सरकार र प्रदेश सरकार दुबै बामपंथीको नेतृत्वमा बन्छ त्यसैले गोलाकार भित्रको हसिया हथौड़ामा मतदानगरि गठबन्धन लाई बिजयि गराउनुस ।’

कम्युनिष्टहरुको लालकिल्ला गोरखाको इतिहास कायम राख्न श्रेष्ठले अपिल गरे । कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार कमला नहर्कीले देशभर बामपंथीको बिजय सुनिश्चित भएको दावी गरीन् ।

बाबुराम भट्टराई सिद्धान्तहीन र अवसरवादी

यस्तै, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई सिद्धान्तहीन र अवसरवादी भएको आरोप लगाएका छन् ।

गोरखाको पालुङटारमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले माओवादी छाडेदेखि नेता भट्टराई पटक–पटक अवसरको खोजीमा भौँतारिएको टिप्पणी गरे ।

माओवादीले प्रधानमन्त्री बनाइसकेपछि कम्युनिष्ट सिद्धान्तनै छोडेर गएका भट्टराई संघीय समाजवादी फोरमले समेत नपत्याएपछि बाम गठबन्धनमा आएको भन्दै श्रेष्ठले त्यसपछि अहिले फेरि काँग्रेसको समर्थनमा चुनाव लड्न लागेको बताए । ‘हामीले प्रधानमन्त्री बनाइसकेपछि कम्युनिष्ट, माक्र्सवाद केही चाहिँदैन भनेर हिँड्नुभो ।’

‘त्यसपछि नयाँ शक्ति खोलेपनि खासै उपलब्धी नदेखेपछि उपेन्द्र यादवसँग पार्टी एकताको प्रस्ताव गर्नुभो’, श्रेष्ठले भने, ‘त्यो सफल नभएपछि फेरि हामीसँगै बाम एकतामा जान्छु भनेर आउनुभो र काँग्रेसको जरै उखेलियो भनेर भाषण पनि गर्नुभो, त्यसको ४ दिनपछि फेरि काँग्रेससँग नै मिलेर चुनावमा आउनुभएको छ ।’ यस्तो अस्थिर र अवसरवादी चरित्रको नेतालाई जिताएर गोरखाको विकास नहुने श्रेष्ठको दाबी थियो ।

उनले गोरखाको अहिलेसम्मको विकास बाबुराम भट्टराईले नभई नेकपा माओवादी केन्द्रले गरेको भन्दै प्रश्न गरे, ‘उहाँले गरेको भए पार्टी छोडेपछि कतिवटा योजना लिएर गोरखा आउनुभो ?’ श्रेष्ठ र भट्टराई दुबै नेता गोरखाको क्षेत्र नम्बर २ बाट चुनावी प्रतिष्पर्धामा छन् ।

नयाँ शक्तिका नेता माओवादी केन्द्रमा

यसैबीच, नयाँ शक्तिका युवा नेता धनबहादुर बयलकोटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पालुङटार ४ लुइँटेल बजारमा आयोजित कार्यक्रममा नयाँ शक्ति छाडेर बयलकोटी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। बयलकोटीलाई नेकपा माओवादी केन्द्रका व श्रेष्ठले खादा लगायर स्वागत गरेका थिए ।

वडा कार्यालय उदघाटन

पालुङटार नगरपालिका–५ मा बाम गठबन्धनको सयुक्त वडा कार्यालय उदघाटन गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठले आज एक कार्यक्रमका बिच वडा कार्यालयको उदघाटन गरे।

पालुङटार नगरपालिका–५ नम्बर वडाको राधाकृष्ण चोकमा बाम गठबन्धनको सयुक्त वडा कार्यालय आजबाट शुभ आरम्भ गरिएको हो । सयुक्त चुनावी प्रचार÷प्रसार गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सयुक्त वडा कार्यालय स्थापना गरिएको निर्वाचन परिचालन कमिटी सदस्य आशिष देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily